Logo
Logo

सेयर बजारमा हरियाली



काठमाडौं । दशैंपछि कारोबार खुलेको पहिलो दिन सेयर बजार हरियाली बनेको छ। सेयर बजार आइतबार १७.५९ अंकले उकालो लागेको हो ।

आइतबार एकसय ७४ कम्पनीको सेयर किनबेच भएको छ । कुल एक अर्ब १५ करोड रुपैयाँको कारोबार भएको छ। बजारमा एकसय १३ कम्पनीको सेयर मूल्य बढेको छ । ६१ कम्पनीको घटेको छ। १२ कम्पनीको सेयर मूल्य आइतबार स्थिर रह्यो।

आइतबार नेप्से परिसूूचक १७.५९ अंकले बढेर दुई हजार ६ सय ५६.९६ बिन्दुमा पुगेर कारोबार बन्द भयो। क वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ३.१७ अंकले बढेर ४ सय ९७.३९ बिन्दु कायम भएको छ।

निर्जीवन बीमा कम्पनी १२२.४७ अंकले बढेको छ। जीवन बीमा कम्पनी ११२.६३, होटल तथा पर्यटन १०५.१८ अंकले बढेका छन्। म्युचुअल फन्ड भने ०.११ अंकले ओरालो लागेको छ।

गाउँबाट सहर पस्ने क्रम जारी रहेकाले भोलिका दिनहरूमा बजार अझै सुधारिँदै जाने लगानीकर्ताहरूको अपेक्षा छ। करेक्सन सकिएपछि बजारले एकपटक फेरि ‘बुलिस रन’ समात्ने उनीहरूको आकलन छ।

चन्द्रागिरि हिल्स, हिमालयन ऊर्जा विकास कम्पनी, घलेम्दी हाइड्रो, कामना सेवा विकास, प्रुडेन्सियल इन्स्योरेन्स, कालिका पावर कम्पनी, हिमालयन जनरल इस्योरेन्स, समता घरेलु लघुुवित्त र ग्रिन लाइफ हाइड्रोपावरको सेयर मूल्य झिनो अंकले बढेको छ। त्यस्तै युनाइडेट मोदी हाइड्रोपावर र नेपाल दूरसंचार कम्पनीको सेयर मूल्य पनि बढेको छ।

यता, सिटिजन म्युचुअल फन्ड ५.६६ प्रतिशतले तथा बोटलर्स नेपाल, सिटिजन म्युचुअल फन्ड र मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्यमा ३ प्रतिशतले गिरावट आएको छ। धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २१८ कम्पनीका ४७ लाख ६० हजार कित्ता सेयर खरिद बिक्री हुुँदा १ अर्ब ४९ करोड रुपैयाँबराबरको कारोबार भएको छ। नेप्से परिसूचक बढे पनि नाफा बुक गर्ने हुँदा कारोबार रकम बढ्न नसकेको हो।

आइतबार सर्वाधिक कारोबार हुने कम्पनीमा नविल बैंक रहेको छ। बैंकको ८ करोड ३२ लाख रुपैयाँबराबरको सेयर कारोबार भयो। दोस्रो कारोबार हुने कम्पनीमा हिमालयन डिस्टिलरी कम्पनी रहेको छ। यस दिन कम्पनीको ७ करोड ५३ लाख रुपैँयाबराबरको सेयर कारोबार भएको छ। आइसिएफसी फाइनान्स, सानिमा बैंक, कामना सेवा विकास बैंकको ६ करोडदेखि ४ करोड रुपैयाँसम्मको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्