Logo
Logo

नेपाली फुटबल टोली फर्किए, प्रशिक्षक आएनन्



काठमाडौं । १३औंँ साफ च्याम्पियनसिपको उपविजेता बनेका नेपाली टोली सोमबार स्वदेश फर्किएका छन् । उनीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज आफैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

मन्त्री गहतराजले नेपाली खेलाडीहरुले स्वागत गर्दै साफमा प्रदर्शनको प्रशंसा गरेका थिए । साथै, आफ्नो मन्त्रालय र सरकारको तर्फबाट गर्ने सहयोगका लागि कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ ।

माल्दिभ्समा भएको १३औँ साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलमा पुगेको थियो । फाइनलमा भारतसँग ३–० ले पराजित भएपछि उपविजेतामै चित्त बुझाउनु परेको छ । नेपाली टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने फर्केनन् । उनी माल्दिभ्सबाट आफ्नो देश कुवेत फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्