Logo
Logo

नेपाल टेलिकमले ल्यायो अफरै अफर



काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवामा आकर्षक डाटा र भ्वाइस प्याक तथा एफटीटीएच सेवामा समर अफरअन्तर्गत ‘अटम अफर’ सुरु गरेको छ ।

हाल उपलब्ध गराइरहेका विभिन्न प्याकेजलाई परिमार्जन गरी कात्तिक १ गतेबाट लागू हुने टेलिकमले अफर सुरु गरेको जानकारी दिएको छ ।

सजिलो अनलिमिटेड पोस्टपेड रु.५९९ अफर

टेलिकमका अनुसार ‘अटम अफर’मा नयाँ प्याकेजका रुपमा सजिलो अनलिमिटेड पोस्टपेड प्याक उपलब्ध छ । अफर ३० दिनसम्म चलाउन मिल्नेगरी ५ सय ९९ रुपैयाँमा अनलिमिटेड ‘अननेट भ्वाइस’ सेवा उपलब्ध गराएको छ ।

‘अटम अफर’ खरिद गरेपश्चात् डाटा सेवा लिन चाहेमा ग्राहकले २ सय ९९ रुपैयाँमा प्रतिदिन १ जीबीका दरले ३० दिनसम्म प्रयोग गर्न सक्नेछन् । साथै, ३० जीबी डाटा सेवा एड अनको रुपमा खरिद गर्न सकिने टेलिकमले जानकारी दिएको छ ।

टेलिकमले प्रतिदिन प्रयोग गर्न सकिने १ जीबी डाटा सकिएमा ६४ केबीपीएसको अनलिमिटेड डाटा सेवा गर्ने बताएको छ । यो अफरमा ग्राहकको मेन व्यालेन्सको रकम काटिने छैन ।

यस सेवाअन्तर्गत ग्राहकले ६४ केबीपीएसभन्दा बढी गतिको डाटा सेवा प्रयोग गर्न चाहेमा ३० रुपैयाँमा १ जीबी, ४० रुपैयाँमा २ जीबी र ५० रुपैयाँमा ३ जीबी डाटा बाउनेछन् । यो सेवा २४ घण्टाभित्र प्रयोग गरिसक्नु पर्नेछ । त्यस्तै, ‘अटम अफर’मा ग्राहकले ३० दिनसम्म प्रतिदिन १ जीबी प्रयोग गर्न सक्ने ३० जिबी डाटा सेवाको प्याक ५ सय ९९ रुपैयाँमा खरिद गर्न सक्नेछन् ।

यो अफरअन्तर्गत ग्राहकले खरिद गरेपश्चात् सुलभ दरमा भ्वाइस सेवा पनि लिन चाहेमा २ सय ९९ रुपैयाँमा ३० दिनसम्म अनलिमिटेड प्रयोग गर्न सक्ने टेलिकमले जानकारी दिएको छ । यो प्याकेजमा प्रतिदिन प्रयोग गर्न सकिने १ जीबी डाटा सकिएमा कम्पनीले ६४ केबीपीएस अनलिमिटेड डाटा सेवा उपलब्ध गराउने छ ।

सजिलो अनलिमिटेड पोस्टपेड रु. ७९९ मा

यसैगरी, टेलिकमले सजिलो अनलिमिटेड पोस्टपेड ७९९ अफरसमेत सुरु गरेको छ । यो अफरमा ७ सय ९९ रुपैयाँमा अनलिमिटेड अननेट भ्वाइस सेवा प्रतिदिन १ जीबीका दरले ३० दिन ग्राहकले प्रयोग गर्न पाउने छन् । यो योजनामा ग्राहकले ३० जीबी डाटा, २०० वटा अननेट सन्देश, ५० मिनेट अफ नेट भ्वाइस र ५० वटा अफ नेट सन्देश पठाउने सुविधा पाउनेछन् ।

सजिलो अनलिमिटेड पोस्टपेड रु. ९९९मा

नेपाल टेलिकमले सजिलो अनलिमिटेड पोस्टपेड ९९९ अफरसमेत सुरु गरेको छ । यो योजनाअन्तर्गत ९ सय ९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस र ४०० वटा अननेट सन्देश पठाउने सुविधा रहेको छ । यसअन्र्तगत प्रतिदिन २ जीबीका दरले ३० दिनसम्म प्रयोग गर्न सकिने ६० जीबी डाटा, १०० मिनेट अफ नेट भ्वाइस र १०० वटा अफ नेट सन्देश पठाउन सकिने टेलिकमले जानकारी दिएको छ ।

सजिलो अनलिमिटेड पोस्टपेड रु. १४९९ मा

टेलिकमले ‘सजिलो अनलिमिटेड पोस्टपेड रु. १४९९’ योजना पनि सुरु गरेको छ । यो योजनाअन्र्तगत ग्राहकले १ हजार ४ सय ९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस, एक हजार वटा अननेट सन्देश, प्रतिदिन ४ जीबीका दरले ३० दिन प्रयोग गर्न सकिने १२० जीबी डाटा, दुई सय मिनेट अफ नेट भ्वाइस र दुई सय वटा अफ नेट सन्देश सुविधा पाउनेछन् ।

सस्तो प्रिपेड कम्बो प्याक

यसैगरी, नेपाल टेलिकमले ‘सस्तो प्रिपेड कम्बो प्याक’ योजना पनि सुरु गरेको छ । यो योजनाअन्र्तगत प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि १ सय ५० मिनेट भ्वाइस, १ दशमलव ५ जीबी डाटा र १५ वटा अननेट सन्देश (अननेट) २ सय ९९ रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न मिल्ने गरी पाउनेछन् ।

सजिलो अनलिमिटेड प्रिपेड रु .५९९ मा

त्यस्तै, टेलिकमले ‘सजिलो अनलिमिटेड प्रिपेड रु. ५९९’ सेवा पनि सुरु गरेको छ । यो सेवाअन्र्तगत ५ सय ९९ रुपैयाँमा प्रतिदिन १ जीबीका दरले २८ दिन प्रयोग गर्न मिल्ने सुविधा या योजनामा रहेको छ । यो योजनामा ग्राहकले २८ जीबी डाटा पाउनेछन् । यो सेवा लिने ग्राहकले अनलिमिटेड भ्वाइस सेवा लिन चाहेमा २ सय ९९ रुपैयाँ तिर्नुपर्ने हुन्छ । जुन, २८ दिनसम्म प्रयोग गर्न मिल्नेछ ।

एफटीटीएच आइपिटिभी अफर–२०७८

यसैगरी, टेलिकमले ‘एफटीटीएच आइपीटीभी अफर–२०७८’ योजनासमेत ल्याएको छ । यो योजनाअन्र्तगत एफटीटीएच ट्रिपल प्ले (भ्वाइस, डाटा र टिभी) सेवा ग्राहकले एक वर्षका लागि लिए विषेश सहुलियत पाउने टेलिकमले जानकारी दिएको छ ।

यो योजनाअन्तर्गत ग्राहकले २५ एमबीपीएस व्याण्डविथको नेट १५ हजार ९ सय ८० रुपैयाँमा प्राप्त गर्नेछन् । त्यस्तै, ४० एमबीपीएसका १७ हजार १ सय रुपैयाँ र ८० एमबीपीएस २२ हजार ५ सय रुपैयाँ ग्राहकले तिर्नुपर्ने छ । वार्षिक सेवा लिने ग्राहकलाई टेलिकमलेनै सेट–अप बक्स उपलब्ध गराउनेछ ।

ग्राहकले स्टार १४१५ ह्याच डायल गरी योजनाबारे थप जानकारी लिनसक्ने टेलिकमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्