Logo
Logo

भित्र्याउँदै गरेकाे धानबालीमा वर्षा क्षति



अछाम । आइतबार रातिदेखि परेको वर्षाले सुदूरपश्चिममा भित्र्याउँदै गरेकाे धानबालीमा नोक्सानी पुगेको छ ।

सुदूरपश्चिमको कैलाली, कञ्चनपुर, डोटी, बैतडी र अछामलगायतका जिल्लामा परेको भारी वर्षाले भित्र्याउँदै गरेको धान बालीमा नोक्सान पुगेको हो । पाकेर बाली भिœयाउँदै गरेको अवस्थामा पानी परेपछि यहाँ धानबाली लगायतका बालीमा क्षति पुगेको हो ।

कैलाली र कञ्चनपुरमा किसानहरुले भित्र्याउँदै गरेको धानबाली र अछामको चौरपाटी गाउँपालिका लगायतका क्षेत्रमा प्रशस्त मात्रामा फल्ने कोदो खेतीमा समेत वर्षाले क्षति पुर्याएकाे छ । धानबाली र कोदो काटेर चुट्नको लागि तयार पारेको अवस्थामा एक्कासी पानी परेर बालीमा नोक्सान पु¥याएपछि किसानहरु चिन्तित भएका छन् । काटेको धान र पाकेको कोदोसमेत टिप्न नपाएको भन्दै किसान निरास भएका छन् ।

खेतीपाती भित्र्याउँने बेलामा परेको पानीले किसानलाई ठूलो क्षति पुगेको कैलालीको चुरे गाउँपालिकाका किसान दीर्घ छेडालले बताए । उनले भने, ‘वर्षे बालीहरू पाकेर भित्र्याउँदै थियौँ तर, आइतबार साँझदेखि परेको भीषण वर्षाले धान, कोदो, भटमास, लगायतका वर्षे बालीमा ठूलो क्षति पुगेको छ ।’

यस्तै अछाम चौरपाटी गाउँपालिकाका अर्का किसान नवीन साउँदले पनि नचाहिने बेला पानी परेपछि समस्या भएको बताए । उनले भने, ‘जलवायू परिवर्तनमा देखिएको समस्याले पछिल्लो समय किसानहरुले ठूलो क्षेती बेर्होदै गएका छन् ।’ उनले कोदो र भटमास टिपेर चुट्न तयार पारेको बताउँदै एक्कासि पानी परेपछि समस्या भएको बताए ।

यस्तै, पछिल्लो समय जलवायू परिवर्तनमा देखिएको समस्याको मारमा किसानहरु परेका छन् । जलवायू परिवर्तनमा देखिएको समस्याका कारण समयमा पानी नपर्ने, पानी परिहाल्यो भने पनि खेतीबालीमा हानी नोक्सानी हुने गरेका छन् । जसले गर्दा किसानहरुलाई खेतीपाती गर्न निकै समस्या भएको बताउँछन ।

वर्षायाममा बन्द अवस्थामा रहेका सुदूरका पहाडी जिल्लाका सडकहरु र स्थानीय तहका ग्रामीण सडकहरु दशैँको समयमा सञ्चालनमा आएका थिए । तर फेरि आइतबार साँझदेखि परेको पानीले ग्रामीण सडक अवरुद्ध हुनुका साथै हिलाम्मे भएका छन् । सवारी साधन चलाउनसमेत समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्