ब्याजदर घटाउन बैंकहरुलाई राष्ट्र बैंकको २४ घण्टे अल्टिमेटम « Drishti News – Nepalese News Portal
Logo

ब्याजदर घटाउन बैंकहरुलाई राष्ट्र बैंकको २४ घण्टे अल्टिमेटम


दृष्टि संवाददाता


काठमाडौं । बैंकहरुले मनपरी ब्याजदर बढाएर मुद्दतीमा १० प्रतिशत भन्दा बढी पुर्याएपछि नेपाल राष्ट्र बैंकले २४ घण्टाभित्र सो ब्याजदर परिवर्तन गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले मंगलबार क, ख र ग वर्गका इजाजतपत्र प्राप्त बैंक तथा वित्तिय संस्थाहरुलाई एक निर्देशन जारी गर्दै व्याजदर परिवर्तन गर्न २४ घण्टे अल्टिमेटम दिएको हो ।

इजाजतपत्र प्राप्त बैंक तथा वित्तिय संस्थाले उप बुँदा (१) र (२) बमोजिमको व्यवस्था २०७८ कात्तिक महिनाको लागि प्रकाशित भइसकेको ब्याजदरमा समेत संशोधन गरी कात्तिक ३ गतेभित्र आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरी सोही मितिबाट लागू गर्न र ५ गते भित्र दैनिक पत्रिकासमेत प्रकाशित गर्न समेत राष्ट्र बैंकले निर्देशन दिएको छ ।

जारी निर्देशनमा मुद्दतीमा प्रदान गर्ने ब्याजदरमा अघिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा १० प्रतिशत मात्रै परिवर्तन गर्न पाइने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्