Logo
Logo

गृह जिल्ला हिँडेका मन्त्री बडू बाटोमै अलपत्र



धनगढी । गृह जिल्ला दार्चुला हिँडेका कानुन न्याय तथा संघीय मामिला मन्त्री दिलेन्द्र बडू सडकमै अलपत्र परेका छन् । आइतबारदेखि परेको अविरल वर्षाले ​सडक अवरुद्ध भएपछि मन्त्री बडूसँगै ५ सय जना यात्रु जाममा फसेका हुन् ।

अवर्षाका कारण महाकाली राजमार्ग अवरुद्ध बनेपछि मन्त्रीसहित यात्रु बैतडीको दोगडाकेदार गाउँपालिकाको ढिक्गाडमा फसेका हुन् । सोमबार नै दार्चुला पुग्ने कार्यक्रम भएपनि बाटो बन्द हुँदा उनी बुधबारसम्म बैतडीमै रोकिएका छन् ।

उक्त जाममा एम्बुलेन्ससहित दार्चुला जान लागेका ५ सय जना यात्रु सडकमै अलपत्र परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्