Logo
Logo

तस्करी गराएको आरोपमा इन्सपेक्टरमाथि छानबिन




काठमाडौं । पर्साको भिष्वा (बन्जारि ) स्थित बोर्डर आउट पोस्टका इन्सपेक्टर कृष्ण पौडेलले सेटिङमा तस्करी गराएको खुलेपछि छानबिन सुरु भएको थियो । उनीविरुद्ध हेलो सरकारमा उजुरी परेपछि छानबिन सुरु भएको हो ।


उनीमाथि छानबिन गर्न २ नम्बरस्थित बाहिनीले छानबिन थालेको हो । करिब दुई महिना अघि सशस्त्र प्रहरि बलको दुई नम्बर बाहिनिका बाहिनिपति डिआइजि चन्द्र प्रकाश गौतमको निगाहमा पौडेल सो बिओपि जान सफल भएका थिए । सरुवा भएको सुरुदेखिनै सिमा इलाकाबाट तस्करी गराएको श्रोत बताउंछ । ‘पटक पटक मौखिक उजुरि परेको थियो अब लिखितनै परे पछि उनि माथि गम्भिर छानबिन हुन्छ’ बाहिनी स्रोतले भन्यो ।


उनका बिषयमा गम्भिर भएर छानबिन गर्न मुख्यालय स्थित प्रशासन बिभागले दुई नम्बर बाहिनिलाइ आदेश दिए पछि बाहिनिका डिएसपीको कमाण्डमा छनबिन समिति बनाएको छ । सामान्यतया एउटा युनिट कमाण्ड गरे पछि छ महिना सम्म अर्को कमाण्ड नदिने नीति भए पनि पौडेलको हकमा त्यो नीति लागु भएन । बिओपि भिष्वा जानु अघि बाराको जितपुरमा सुरक्षा बेश कमाण्डर थिए । त्यहाँ हुंदा राशनमा बदमासी गरेको र आफ्नै कर्मचारिमाथि ज्यादती गरेको आरोप उनलाइ लागेको थियो । त्यस्ता अधिकृतलाई फेरि अर्काे बिओपीको जिम्मा दिइएकोमा सशस्त्रभित्रै आश्चर्य मानिएको थियो ।


दशैंको मौका छोपेर ब्यापक तस्करी गराएका उनले करिब ३० जना कार्यरत बिओपीबाट दशैंको नाममा अधिक बिदा छोड्दा जम्मा आधा दर्जन मात्र कर्मचारी युनिटमा थिए । सामान्य फौजी आचरण समेत नभएका पौडेलमाथि हालका बाहिनिपति डिआइजि गणेश ठाडा मगरले कडा कारबाही गर्न लागेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्