Logo
Logo

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो



काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ ।

सेयर कारोबार हुने साताको आज अन्तिम दिन नेप्से परिसूचक १४ दशमलव ७० अङ्कले ओरालो लागेर दुई हजार ५५६ दशमलव ९५ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ६५ अङ्कले घटेर ४८३ दशमलव ३९ मा ओर्लेको छ ।

नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम समेत खुम्चिएको छ । कूल २१६ कम्पनीको ६१ लाख ६ हजार ४५२ कित्ता शेयर रु दुई अर्ब ६३ करोड ५३ लाख ९० हजार ४६० मूल्यमा खरिद बिक्री भए ।

आजको कारोबारपछि बजार पूँजीकरण रु ३५ खर्ब ७९ अर्ब ७८ करोड ५३ लाख ८० हजारको हाराहारीमा रहेको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लागेको छ भने ११ उपसमूहको शेयर ओरालो लागेको छ ।

अन्य २१ दशमलव ९१ र सामूहिक लगानी कोष शून्य दशमलव ०६ अङ्कले बढेको छ । यस्तै, बैंकिङ ७ दशमलव ०५, व्यापार ६७ दशमलव ४१, होटल तथा पर्यटन ५८ दशमलव ९, विकास बैंक ९४ दशमलव ४४, जलविद्युत् ४६ दशमलव ०५, वित्त ४६ दशमलव ३९, निर्जीवन बीमा २३ दशमलव ४६, उत्पादन १०५ दशमलव ४२, लघुवित्त १४ दशमलव ८४, जीवन बीमा १०५ दशमलव २५ र लगानी शून्य दशमलव ३७ अङ्कले घटेको छ ।

कारोबारका आधारमा सानिमा बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु २७ करोड १२ लाख ९७ हजार ६०९ बराबरको कारोबार भयो । यस्तै माछापुच्छ्रे बैंक रु ११ करोड ५६ लाख १३ हजार ९६२, नबिल बैंक रु नौ करोड ६४ लाख १८ हजार ३७६, सिद्धार्थ बैंक रु आठ करोड एक लाख २० हजार ८५२ र युनाइटेड मोदी हाइड्रोपावर रु सात करोड ५४ लाख पाँच हजार ५९२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

यस्तै नेप्सेका अनुसार मेरो माइक्रोफाइनान्सको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भयो । त्यस्तै सिटिजन म्युचुअल फण्ड ५ दशमलव २६, आइसिएफसी फाइनान्स ४ दशमलव २१, सनराइज ब्ल्यू चिफ फण्ड ३ दशमलव ८१ र एनआइबिएल प्रगति फण्डका लगानीकर्ताले ३ दशमलव ७० प्रतिशतले कमाए ।

यसैगरी, जोशी हाइड्रोपावर ५ दशमलव ८७, गुडविल फाइनान्स ५ दशमलव ०९, ग्रीन डेभलपमेन्ट बैंक ४ दशमलव ७४, रैराङ हाइड्रोपावर ४ दशमलव २८ र शिवश्री हाइड्रोपावरका लगानीकर्ताले ४ दशमलव २२ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्