Logo
Logo

महासचिव पौडेलको जग्गा गुम्यो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० बैशाख ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव विष्णु पौडेलको बालुवाटारस्थित जग्गा गुम्ने भएको छ । हाल सरकारी छानबिनमा रहेको उनको आठ आना जग्गा सरकारले फिर्ता ल्याउने प्रक्रिया अघि बढाएको छ ।


पौडेलले २०६१ सालमा सो जग्गा छोरा नवीनको नाममा उमा ढकालबाट किनेका थिए । सो जग्गा व्यक्तिको नाममा ल्याउन पहल गरेको आरोप उनीमाथि लागेको छ । २०४९ सालमा सुवर्णशमशेरका परिवारको नाममा सो जग्गा नामसारी भएको थियो ।
पौडेलको जो जग्गाको न्यूनतम मूल्य करिब पाँच करोड रुपैयाँ भएको बताइएको छ । सरकारले पुराना निर्णयहरु रद्द गरी बालुवाटारको एक सय ४३ रोपनी फिर्ता ल्याउने प्रक्रिया सुरु गरिसकेको छ । पूर्व सचिव शारदा प्रसाद त्रिताल नेतृत्वको छानबिन समितिको प्रतिवेदनका आधारमा सो जग्गा फिर्ता ल्याउन लागिएको हो । जसमा एक सय भन्दा धेरै व्यक्तिहरुको जग्गा छ । जसमध्ये धेरै जग्गा बैंकमा धितो राखेर कर्जा निकालिएको छ । सबै जग्गा सरकारको नाममा फिर्ता ल्याउने प्रक्रिया अघि बढीसकेको सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताएका छन् ।
पौडेलसहित बालुवाटारस्थित धेरै व्यक्तिको जग्गा गुम्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्