Logo
Logo

बृद्धाको भत्ता हिनामिनाः वडा अध्यक्षमाथि अनुसन्धानमा अदालतको आदेश, प्रहरीको आलटाल




काठमाडौं । कीर्ते हस्ताक्षर एक ९६ वर्षिया महिलाको वृत्तभत्ता हिनामिना गरेको घटनाको अनुसन्धानमा प्रहरीले ढिलाई गरेपछि पीडित पक्ष असन्तुष्ट बनेको छ । चिजमाया लिम्बुको तीन महिनाको बृद्धभत्ता काठमाडौं वडा नम्बर ४ का वडाअध्यक्ष मोहन बिष्टसहित पदाधिकारीविरुद्ध कीर्ते गरेर निकालेका थिए ।


सो घटनाको विषयमा छिटो अनुसन्धान गर्न गत फागुनमा नै उच्च अदालत पाटनले प्रहरीलाई आदेश दिएको थियो । तर, राजनीतिक दबाबको भरमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धानमा ढिलासुस्ती गर्दै आएको छ । अदालतको आदेश नमानेको अदालतको मानहानी मुद्दा हाल्ने पीडित पक्षको तयारी छ ।

गिताञ्जली मार्ग बस्ने ९६ वर्षिया लिम्बुले आफ्नो भत्ता कीर्ते गरेर निकालिएको भन्दै गत वर्ष असारमा जाहेरी दिएकी थिइन् । सुरुमा उनले प्रहरीमा दिएकोमा प्रहरीले दर्ता नगरेपछि जिल्ला सरकारी वकिल कार्यालयमा दिइएको थियो ।


बृद्धा आफन्तले उनको बरिष्ठ जेष्ठ नागरिक महानगर भत्ताका लागि वडा कार्यालयलाई आग्रह गरेका थिए । वडा कार्यालयले भत्ता वितरण भइसकेको भनेर दिन अस्वीकार गरेपछि बृद्धालाई नै लिएर उनीहरु वडा कार्यालयमा गएका थिए । वडा कार्यालयमा भत्ता दिइसकेको बताएपछि उनीहरुले आफ्नो नाममा अरुलाई दिएको आरोप लगाएका थिए । वडा कार्यालयमा बृद्धाका आफन्त र पदाधिकारी तथा कर्मचारीबीच विवाद हुँदा झडप नै भएको थियो ।


बृद्धाले वडा अध्यक्ष बिष्ट, वडा सदस्य दिनेश महर्जन र धुव्र प्रसाद त्रिपाठीविरुद्ध कीर्ते मुद्दामा प्रहरीमा जाहेरी दिएकी थिइन् । राजनीतिक दबाबको कारण महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जाहेरी लिन नमानेपछि पीडित बृद्धा सरकारी वकिल कार्यालय पुगेकी थिइन् ।
जाहेरी परेको १५ महिना हुँदासम्म प्रहरीले मुद्दा चलाएको छैन । कतिसम्म भने आरोपीलाई पक्राउ गरेर बयान समेत लिएको छैन । नियोजित रुपमा हदम्याद गुजार्न खोजेको पीडितको आरोप छ । अदालतको आदेश नमानेको भन्दै महाराजगञ्ज वृत्तका डिएसपी प्रमेश बिष्टसहितका प्रहरीमाथि अदालतको अपहेलना मुद्दा समेत दायर गर्ने तयारी भइरहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्