अवकाश पाउन लागेका एसएसपीलाई बढुवा गर्न दरबन्दी थप्ने चलखेल « Drishti News – Nepalese News Portal
Logo

अवकाश पाउन लागेका एसएसपीलाई बढुवा गर्न दरबन्दी थप्ने चलखेल


दृष्टि न्यूज



काठमाडौं । केही व्यक्तिका आकांक्षा पुरा गर्न सरकारले नेपाल प्रहरीमा डीआइजीको दरबन्दी थप्ने तयारी गरेको छ । ७ डीआइजीको दरबन्दी थप्न गृहले छलफल थालेको छ ।


एसएसपीको पदावधिका कारण २ महिना पछि अवकाश पाउन लागेका एसएसपीहरु नरबहादुर खत्री, हरिराज वाग्ले, मोहनकुमार आचार्य, नलप्रसाद उपाध्याय, पूजा सिंह लगायतको स्वार्थमा दरबन्दी थप्न लागिएको हो । डिआइजीमा बढुवा भए उनीहरुको जागिर लम्बिने भएकाले शक्तिकेन्द्र धाएर उनीहरुले चलखेल गरिरहेका छन् । तर, संगठनका लागि भने थप दरबन्दी आवश्यक नभएको प्रहरी अधिकारीहरु बताउँछन् । यसरी चलखेल गर्नेहरु विगतमा विभिन्न कारबाहीमा परेकाले बढुवामा पछि परेका थिए । एसएसपीको ६ वर्षे पदावधिका कारण उनीहरुले अवकाश पाउन लागेका हुन् । उनीहरुले गृहमन्त्रीदेखि प्रधानन्त्री पत्नी आरजु देउवालाई समेत भेटेर दरबन्दी थप्नका लागि लबिङ गरेको स्रोत बताउँछ । उता दरबन्दी थपको तयारी सुरु भएपनि नयाँ टोलीका एसएसपीहरु समेत दौडधुपमा लागेका छन् । सन्दीप भण्डारी, उमेशराज जोशी, टेकप्रसाद राई, श्यामलाल ज्ञवाली, दीपक थापा लगायत पछिल्लो ब्याचबाट अगाडी छन् । दरबन्दी थप भए सात पदमा दुई दर्जन एसएसपीबीच प्रतिस्पर्धा हुने देखिन्छ ।


उता एसएसपीको दरबन्दी थप्न पनि चलखेल भइरहेको छ । राष्ट्रिय अनुसन्धानबाट प्रहरीमा आएका टोलीले एसएसपीको दरबन्दी थप्न पैसा नै उठाइरहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्