Logo
Logo

दुई विवादास्पद एसपीलाई हटाइयो, थप कारबाहीको तयारी



काठमाडौं । राजनीतिक हस्तक्षेपका कारण नियमित सरुवा गर्न नसकेको प्रहरी प्रधान कार्यालयले दुई विवादास्पद एसपीलाई हटाएको छ । धनुषाका एसपी प्रकाश रानाभाट तथा सर्लाहीका एसपी सन्तोषसिंह राठौरलाई कारबाही स्वरुप हटाएको हो ।

धनुषामा एसपी बसन्त रजौरे तथा सर्लाहीमा कृष्ण प्रसाईलाई पठाइएको छ । धनुषाका एसपी रानाभाट नौ महिनामै हटाइएका हुन् भने राठौरको भने १३ महिना पुगिसकेको थियो । जिल्ला इन्चार्जको सामान्यतया एक वर्षमा सरुवा हुन्छ ।

त्यस्तै, सर्लाहीका एसपीले नक्कली नोटसहित पक्राउ परेका व्यक्तिलाई सार्वजनिक अपराध मुद्दा चलाएर उन्मुक्ति दिएका थिए । यसमा पनि आर्थिक चलखेलको आशंका गरिएको छ । साथै दसैंमा उनी आफैं जुवा खेलेको भिडियो समेत सार्वजनिक भएको थियो । घुमुवा परिचालन गरेर पैसा उठाएको आरोप पनि उनीमाथि छ ।

सरुवामा परेका दुवै एसपीमाथि थप विभागीय कारबाही हुने सम्भवना छ । प्रहरी प्रधान कार्यालयले बाँकेका एसपी श्यामकृष्ण अधिकारीमाथि पनि छानबिन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्