भोलि अमेरिकाबाट एक लाख मात्रा खोप नेपाल आउँदै « Drishti News – Nepalese News Portal
Logo

भोलि अमेरिकाबाट एक लाख मात्रा खोप नेपाल आउँदै


दृष्टि संवाददाता


काठमाडौँ । संयुक्त राज्य अमेरिकाले नेपाललाई एक लाख ६२० मात्रा फाइजर खोप अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ ।

“सम्भवतः उक्त खोप सोमबार नेपाल आइपुग्नेछ”, यहाँस्थित अमेरिकी दूतावासले केहीबरेअघि ट्वीट गर्दै भनेको छ ।

यसअघि गत असारमा पनि अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्