Logo
Logo

इन्काउन्टर प्रकरणबाट जोगिन एमाले प्रबेश गर्ने खनालको तयारी




काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा(एमाले) प्रवेश गर्ने तयारीमा लागेका छन् । केही दिनपछि नै उनी पार्टी प्रवेश गर्न लागेका छन् ।


कुमार पौडेल इन्काउन्टर घटनामा उनीमाथि अनुसन्धान चलिरहेको छ । सर्वाेच्च अदालतले नै उनीमाथि अनुसन्धान गर्न आदेश दिएको थियो । जसअनुसार सर्लाही प्रहरीले जाहेरी दर्ता गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको छ ।

खनाल यसअघि पनि एमाले प्रबेश गर्ने तयारीमा थिए । त्यसैका लागि सांसद अपहरणमा जोडिएका थिए । नेकपा समाजवादीमार्फत राजदूत हुने प्रयास गरेपनि असफल भएपछि उनी सक्रिय राजनीतिमा लाग्न लागेका हुन् ।

खनाल केही दिनमै पार्टी प्रवेश गर्ने एमाले नेता किरण गुरुङले बताए । तनहुँ स्थायी घर भएका खनालले तनहुँबाटै राजनीति गर्ने तयारी गरेका छन् । उच्च महत्वकांक्षी स्वभावका उनी पटक-पटक विविध विवादमा मुछिएका थिए ।

प्रतिक्रिया दिनुहोस्