Logo
Logo

विवादास्पद डिएसपीलाई दरबारमार्ग वृत्तको जिम्मेवारी




काठमाडौं । पटक पटक कारबाहीमा परेका डिएसपीलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गको जिम्मेवारी दिइएको छ । प्रहरी प्रधान कार्यालयले काज सरुवा गर्दै डिएसपी विश्वराज खड्कालाई दरबारमार्गमा पठाएको हो ।


डिएसपी खड्का यसअघि पटक पटक कारबाहीमा परेका थिए । ललितपुर परिसर हुँदा एक लाख काण्डमा परेका थिए । इप्रका गजुरीमा हुँदा पनि आर्थिक लेनदेनका कारण उनलाई हटाइएका थिए । कारबाही स्वरुप आफैंले हटाएका डिएसपीलाई अहिले दरबारमार्ग वृत्तमा पठाएर प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पुरस्कृत गरेका छन् । उच्च तहबाटै दबाब आएपछि उनको सरुवा गरिएको स्रोत बताउँछ । खड्का गुप्तचरबाट प्रहरीमा आएका अधिकृत हुन् ।


त्यस्तै इप्रका बुटवलमा डिएसपी ठगबहादुर केसीलाई पठाइएको छ । कालिमाटी वृत्तमा जानका लागि सिआइबीका डिएसपी अनिल घिमिरेले प्रयास गरेपनि सफल भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्