Logo
Logo

बाढीले नष्ट भएका धानबालीको क्षतिको अध्ययन गर्न कार्यदल गठन



काठमाडौँ । सरकारले बेमौसमी बर्षाका कारण बाढी र ढुवानका कारण धान बालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले धान बालीमा भएको क्षतिको अध्ययन गरि तीन दिन भित्र प्रतिवेदन पेश गर्न गृहमन्त्रालयका सचिवको नेतृत्वमा कृषि मन्त्रालयका सचिव, अर्थमन्त्रालयका सचिव, उद्योग मन्त्रालयका सचिव , संघीय मामिला मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव सदस्य रहेको कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

बैठकले नेपाल बायु सेवा निगमका अध्यक्ष सुशिल घिमिरेको राजीनामा स्वीकृत गर्दै कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

त्यस्तै, बैठकले नेपाल पुनर्विमा कम्पनीको सञ्चालक समितिको अध्यक्षमा डा रविन्द्र घिमिरे र सदस्यमा मदन पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ भने नेपाल प्रहरी र शसस्त्र प्रहरीको राशनको दररेटमा १५ प्रतिशत बृद्धि गरि उपलव्ध गराउने निर्णय गरेको उहाले बताए ।

बैठकले कोरोना प्रभावित अति बिपन्न परिवारलाई नगद हस्तान्तरण कार्यबिधी स्वीकृत गर्ने निर्णय पनि गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।

प्रवक्ता कार्कीले बिभिन्न देशमा रिक्त राजदूत नियुक्ती चाडै गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्