Logo
Logo

६६६ संक्रमित थपिए, ११ जनाको मृत्यु



काठमाडौं । मंगलबार देशभर ६६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार २० परीक्षण गर्दा ६६६ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआरबाट ५६९ र एन्टिजेनबाट ९७ जनामा संक्रमण पुष्टि छ । उक्त अवधिमा ९ हजार ७७१ जनाको पीसीआर र २ हजार २४९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

त्यस्तै गएको २४ घण्टामा ११ जनाकोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३७२ पुगेको छ ।

त्यसैगरी सोही अवधिमा ६२२ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ८८ हजार ६३० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभर १० हजार २९६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्