Logo
Logo

मानिसको मुटुलाई ७०० किलोमिटर टाढाबाट ल्याएर सफल प्रत्यारोपण



एजेन्सी । भारतमा एक बिरामीको ज्यान जोगाउन मानिसको मुटुलाई ७०० किलोमिटर टाढाबाट ल्याइएको छ । ५१ वर्षीय विरामीको ज्यान जोगाउन केरलाको कोचीदेखि तमिलनाडुको चेन्नाई पु¥याइएको हो ।

एउटा सहरबाट अर्को सहरमा लगिएको सो मुटुको सफल प्रत्यारोपण भएको छ । दुर्घटनापछि ‘ब्रेन डेड’ भएका व्यक्तिको मुटु झिकेर अर्को बिरामीमा प्रत्यारोपण गरिएको हो ।

मुटुको सफल प्रत्यारोपण भएका बिमारी डायलेटेड कार्डियो मायोप्याथी (डीसीएम) बाट पीडित थिए । डीसीएमबाट पीडित व्यक्तिको मुटुको रक्त पम्प गर्ने क्षमता कमजोर हुन्छ । उनी यसै वर्षको फेब्रुअरीदेखि प्रत्यारोपणको पर्खाइमा थिए ।

मुटु दाता ३० वर्षीय पुरुष एक दुर्घटनामा परेपछि ट्रउमेटिक ब्रेन इन्ज्यिुरीबाट पीडित थिए । उनलाई १९ अक्टोबरमा अस्पताल भर्ना गरिएको थियो । शनिबार उनलाई ब्रेन डेड घोषणा गरिएको थियो । त्यसपछि परिबारका सदस्यसँगको सहमतिपछि उनको मुटु अर्का बिरामीलाई दिने पक्रिया सुरु भएको थियो ।

कोचीस्थित रेला अस्पतालका चार जना चिकित्सकको टोलीले मुटुको सफल प्रत्यारोपण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्