Logo
Logo

अदालतका कर्मचारी तीन लाख घुससहित पक्राउ, न्यायधीश माथि पनि छानबिन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ बैशाख ।
उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास बाँकेमा कार्यरत टाइपिस्ट नायव सुब्बा कृष्ण कुमार पाठक घुससहित पक्राउ परेका छन् ।

अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग उनले घुस लिएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले निज नायव सुब्बा कृष्ण कुमार पाठकलाई तीन लाख घुससहित चारबाहिनी चोकस्थित श्री लयर्स च्याम्बरबाट पक्राउ गरेको हो । यो घटनामा न्यायधीशको समेत संलग्न हुनसक्ने आयोगले जनाएको छ । स्रोतका अनुसार मुद्दा जिताइदिने भन्दै उनले घुस लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्