Logo
Logo

आयुषालाई ‘मिस टुरिजम ब्युटि अफ नेपाल’को उपाधि



इटहरी । पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यसहित साहारा ईन्टरटेन्मेन्टले आयोजना गरेको ‘मिस टुरिजम ब्युटी अफ नेपाल–२०२१’को उपाधि आयुषा बस्नेतले जितेकी छन् । आयुषाले उपाधिसहित १ लाख नगद प्राप्त गरेकी छन् ।

सोमबार विराटनगरमा भएको अन्तिम प्रतिस्पर्धामा फस्ट रनरअप भावना खनाल र सेकेन्ड रनरअप सबिना पोदार भए । उनीहरुले क्रमशः ७५ हजार र ५० हजार नगद पुरस्कार प्राप्त गरे ।

यस्तै, बिजेता तथा उप–बिजेताहरुलाई गीता एभिएसनबाट एयर होस्टेजको निशुल्क तालिम दिने बताइएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा गीता एभिएसनका प्रबन्ध निर्देशक तथा सौर्य एयरलाइन्सका क्याप्टेन जनक अधिकारी रहेका थिए ।

प्रतियोगितामा विभिन्न सब टाईटल पनि प्रदान गरिएको थियो । प्रतिस्पर्धीलाई विभिन्न तालिमहरु गराइएको थियो । कार्यक्रमको कोरियोग्राफी ‘मिस पुर्वान्चल–२०१७’ की फस्ट रनरअप सिम्रन श्रेष्ठले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्