Logo
Logo

बाबुराम भट्टराई अब सत्तापक्ष ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ बैशाख ।
पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई अब सत्तापक्ष बन्ने भएका छन् । सोमबार संघीय समाजवादी फोरमसँग पार्टी एकतासँगै उनी सत्तापक्ष हुन लागेका हुन् ।
पार्टी एकताका लागि शनिबार सहमति भइसकेको छ । सोमबार घोषणा हुँदै छ ।


पार्टी एकताका लागि फोरमले सरकार छाड्नुपर्ने प्रस्ताव डा भट्टराईले राखेका थिए । तर, उपप्रधानमन्त्री समेत रहेका फोरम अध्यक्ष उपेन्द्र यादबले तत्काल सरकार नछाड्ने बताएपछि डा भट्टराई लचिलो बनेका हुन् । जसअनुसार अब भट्टराई पनि सत्तापक्ष बन्नेछन् ।
दुई पार्टी मिलेर समाजवादी पार्टी नेपाल बन्दै छ । जसमा डा भट्टराई र यादब दुवै अध्यक्ष हुने छन् । बरियता डा भट्टराई अगाडि हुनेछन् ।
भोलि समाजवादी पार्टीको २५ सदस्यीय पदाधिकारीको घोषणा हुनेछ। फोरमबाट १६ जना पदाधिकारी रहनेछ जसमा हाल एउटा पद खाली रहेको छ। यसैगरी नयाँ शक्तिबाट ९ जना पदाधिकारी रहनेछन्। महाधिवेशन आयोजक समितिको सदस्य संख्या घटाइएको छ। यसअघि फोरमले एक हजार सदस्य भएको महाधिवेशन समिति घोषणा गरेको थियो भने नयाँ शक्तिले ६ सय सदस्य संख्याको समिति घोषणा गरेको थियो।

दुबै दलबीच भएको सहमतिअनुसार फोरमले एक हजारबाट घटाएर ६ सय र नयाँ शक्तिले ६ सयबाट घटाएर ४ सय सदस्य राख्ने छन्। समाजवादी पार्टीको महाधिवेशन आयोजक समिति एक हजार सदस्यीय हुनेछ।

प्रतिक्रिया दिनुहोस्