Logo
Logo

काठमाडौं परिसर र अपराध महाशाखाका प्रमुख फेरिए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ बैशाख ।
महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाका प्रमुख फेरिएका छन् । गृह मन्त्रालयले काठमाडौं परिसरमा एसएसपी उत्तमराज सुवेदी र अपराध महाशाखामा एसएसपी सहकुल बहादुर थापालाई पठाएको छ ।


काठमाडौं परिसरमा सरुवा भएका एसएसपी सुवेदी नागरिक पुलिसिङमा अब्बल अधिकारीका रुपमा चिनिन्छन् । उनले हाल समुदाय प्रहरी साझेदारी कार्यक्रम चलाइरहेका छन् ।
त्यस्तै एसएसपी थापा एसपी हुँदा पनि अपराध महाशाखामा बसेका थिए । बढुवा लगत्तै तालिम केन्द्रको इन्चार्ज पाएका उनी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका विश्वासपात्र हुन् ।

प्रतिक्रिया दिनुहोस्