Logo
Logo

५९१ संक्रमित थपिए, २ जनाको मृत्यु



काठमाडौं । बिहीबार देशभर झण्डै ६ सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार ३५५ परीक्षण गर्दा ५९१ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआरबाट ५२७ र एन्टिजेनबाट ६४ जनामा संक्रमण पुष्टि छ । उक्त अवधिमा ८ हजार ८४८ जनाको पीसीआर र २ हजार ५०७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

त्यस्तै गएको २४ घण्टामा २ जनाकोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३८२ पुगेको छ ।

त्यसैगरी सोही अवधिमा ६६४ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ८९ हजार ७८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभर १० हजार २३६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्