Logo
Logo

सिके राउतका कार्यकर्ताले प्रधानाध्यापकलाई दल्यो कालोमोसो



जनकपुर । सिके राउत नेतृत्वका विद्यार्थी संगठनले सबैला नगरपालिकास्थित एक विद्यालयका प्रधानाध्यापकलाई कालोमोसो दलेकाे छ ।

शुक्रबार सबैलास्थित फकिर चन्द उच्च मावि बरकुर्वा, रघुनाथपुर धनुषाका प्रधानाध्यापक बैजु साहलाई राउन नेतृत्वका विद्यार्थी संगठनले
कालोमोसो दलेकाे हाे ।

विभिन्न माग राख्दै उनीहरु चार दिनदेखि आन्दोलित छन् । उनीहरु पाँच सुत्रीय विभिन्न माग राखेका छन् । विद्यार्थीहरुले नियमित पठन–पाठन हुनु पर्ने र शिक्षकको व्यवस्थापन हुनु पर्ने, विभिन्न शुल्कको नाममा लिइएको रकमको बिल विद्यार्थीहरुले पाउनु पर्ने, कक्षा ११ र १२ का विद्यार्थीहरुले पुस्तक पाउनुपर्ने माग राखेको छन् ।

त्यस्तै विद्यालयका नाममा आएका सामाग्रीहरु विद्यालयमा राख्नु पर्ने, विद्यालय सुधारका लागि सरोकारवालाहरुको बृहत भेला गरी अन्य विषयहरुमा निर्णय लिनु पर्ने पनि उनीहरुको माग छ ।

यसअघि सिके राउतका कार्यकर्ताले खानेपानी तथा ढल निकासका हाकिम राजेस्वर कुशवाहालाई कुटपिट तथा दुर्व्यवहार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्