प्रधानमन्त्री देउवा दोहामा « Drishti News – Nepalese News Portal
Logo

प्रधानमन्त्री देउवा दोहामा


दृष्टि संवाददाता


दोहा । प्रधानमन्त्री शेरबहादुर देउवा कतारको राजधानी दोहा आइपुगेका छन् । स्टकल्याण्डस्थित ग्लास्गो सहरमा आयोजना हुन गइरहेको ‘वल्र्ड लिडर समिट’ मा सहभागी हुने क्रममा प्रधानमन्त्री आज अपराह्न दोहा आइपुगेका हुन् ।

नेपालका तर्फबाट समिटमा सहभागी हुने उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी शुक्रबार बिहान काठमाडौँबाट प्रस्थान गरी कतार एयरको विमानबाट दोहाको हमद अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन् ।

विमानस्थलमा उनलाई कतारका लागि नेपालका कार्यवाहक आवासीय राजदूत लक्ष्मण खनाल, कतारका शिष्टाचार अधिकारीलगायतले स्वागत गरेका थिए ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल आजै अपराह्न बेलायतको राजधानी लण्डनका लागि प्रस्थान गर्नेछ । उनले लण्डनमा शनिबार र आइतबार रहने तथा विभिन्न भेटभाट गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्