Logo
Logo

बाढी पीडितलाई तत्काल राहत दिन पूर्वमन्त्री मगरको माग



कञ्चनपुर । नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री विना मगरले बाढीपहिरो पीडितलाई तत्काल राहत दिन माग गरेकी छन् ।

बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाउँदै नेता मगरले बाढीपहिरो पीडितका लागि प्रदेश सरकारले तत्काल राहत प्याकेज घोषण गर्नुपर्ने बताइन् ।

उनले पत्र बुझाउँदै मुख्यमन्त्री भट्टसमक्ष बाढीपहिरो पीडित जनतालाई तत्काल राहत र क्षतिपूर्ति दिन आग्रह गरिन् । उनले प्रदेश सरकरासँग बाढीका कारण घरविहिन र बालीनाली नष्ट भएका पीडित परिवारलाई न्यायोचित राहतको दिन आग्रह गरेकी थिइन् ।

कञ्चनपुर क्षेत्र नम्बर १ कि प्रतिनिधी सभा सदस्य समेत रहेकी मगरले जिल्लाका ठूला तथा साना खोला-नदीको कटानी नियन्त्रणका लागि पनि प्रदेश सरकारले योजना ल्याउनुपर्ने बताइन् ।

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री भट्टले बाढीपहिरो पीडित जनताको राहतका लागि प्रदेश सरकार तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्