Logo
Logo

म्यानमारकी नेतृ सूकीका सहयोगीलाई २० बर्ष जेल सजाय



एजेन्सी । देशद्रोह गरेको आरोपमा देश निकाला गरिएका नागरिक नेता आङ सान सुकीका निकट सहयोगीलाई शुक्रबार २० वर्षको जेल सजाय सुनाएको उनका वकिलले बताएका छन् ।

म्यानमारमा सन् २०२१ को फेब्रुअरी १ को विद्रोहदेखि नै राजनीतिक अस्तव्यस्तता देखिएको छ । एक स्थानीय मानब अधिकार अनुगमनकारी समूहका अनुसार यो अवधिमा राष्ट्रव्यापीरूपमा ठूला विरोध प्रदर्शनहरू भएका र सैनिक सरकारविरूद्ध प्रदर्शनको पक्षधर एक हजार १०० भन्दा बढी मानिसहरू सुरक्षा फौजद्वारा मारिएका छन् ।

वकिल माइन्ट थ्विनले एएफपीसँग भने, “यू विन एचटिनलाई विशेष अदालतले धारा १२४ ‘क’ अन्तर्गत २० वर्षको कैद सजाय सुनाएको छ ।

थ्विनका अनुसार संसदका पूर्व सदस्यसमेत रहेका नेता एचटिन पुर्पक्षपछि जुन्ता प्रशासनले यति लामो कैँद सजाय सुनाएका सुकीको नेशनल लिग फर डेमोक्रेसीको पहिलो उच्च पदस्थ सदस्य हुन् । ८० वर्षीय उनी लामो समयदेखि राजनैतिक कैदी हुन्। उनी लामो समयसम्म सैन्य शासनविरुद्ध प्रचार गरेको आरोपमा पक्राउ परी पुर्पक्षका लागि जेलमा रहँदै आएका थिए ।

गिरफ्तार हुनुभन्दा तीन दिनअघि उनले स्थानीय सञ्चार माध्यमलाई सैन्य शासन ‘विवेकी निर्णय नभएको’ र यसले देशलाई गलत दिशामा लगेको बताइएको छ ।

सुकीलाई दशकौंसम्म जेलमा थुनेको, गैरकानुनी ढंगमा वाकी टकीहरू आयात गर्नेदेखि लिएर कोरोनाभाइरस नियमलाई बेवास्ता गर्नेजस्ता अभियोगहरूको सामना गर्नु परिरहेको छ ।

सेनाले पुर्पक्ष गरेको चार महिनापछि मंगलबार जुन्ता अदालतमा उनले पहिलो पटक बयान दिएकी मुद्दाबारे जानकार स्रोतले एएफपीलाई बताएको छ ।

न्यापितको विशेष अदालतमा सुकीको पुर्पक्षमा उपस्थित हुन सञ्चार माध्यमलाई रोक लगाइएको छ र जुन्ताले हालै आफ्नो कानूनी टोलीलाई सञ्चारमाध्यमसँग कुरा गर्न प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्