Logo
Logo

वाईसीएलले माओवादीलाई पहिलो पार्टी बनाउँछ : महरा



दाङ । पूर्वसभामुख कृष्णबहादुर महराले वाईसीएलले नै नेकपा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउन सक्ने विश्वास व्यक्त गरेका छन् ।

शनिबार दाङको घोराहीमा वाईसीएल नेपाल दाङ जिल्लाको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महराले वाईसीएलले माओवादी केन्द्रलाई पूरानै अवस्थामा फर्काउन पहल गर्नुपर्ने बताएका हुन् ।

वाईसीएल नेपाल घोराही उपमहानगर कमिटिको आयोजना र वाईसीएल दाङ जिल्ला कमिटीको सहयोगमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका प्रवक्ता समेत रहेका महराले आफ्ना श्रोतसाधनको भरपुर मात्रमा प्रयोग गरि उत्पादन क्षेत्रमा समेत लाग्न सहभागी युवा प्रशिक्षार्थीहरुलाई आग्रह गरे ।

माओवादी केन्द्रलाई २०६४ सालकै अवस्थामा फर्काउने पार्टी अध्यक्ष प्रचण्डको विचारलाई स्मरण गर्दै नेता महराले त्यो दायित्व अब वाईसीएलले पूरा गर्नुपर्ने धारण व्यक्त गरे ।

वाईसीएल घोराही उप–महानगरपालिकाका अध्यक्ष कुशल बुढाको अध्यक्षता एवं नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा पुर्व सभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यता तथा वाइसीएल नेपालका केन्द्रिय सह-संयोजक सुवोध सेर्पाइलीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला भरका वाइसीएल सदस्य तथा प्रतिनिधिको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्