Logo
Logo

कालोपट्टी बाँधेर कानून व्यवसायीद्वारा प्रदर्शन



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरुले सर्वोच्च अदालतमा कालोपट्टी बाँधेर विरोध कार्यक्रम गरेका छन् ।

एशोसिएसनले आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोधको कार्यक्रम गरेको हो । विरोधको यो कार्यक्रम तीन दिनसम्म हुने नेपाल बार एशोसिएसनले जनाएको छ ।

प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उनको राजीनामा माग्दै विरोधका कार्यक्रम घोषणा गरेको छ ।

प्रदर्शनमा पूर्वसभामुख दमननाथ ढुंगानादेखि पूर्व सांसद तथा बरिष्ठ वामपन्थी नेता कमल कोइरालासम्म सहभागी छन् । बारको आन्दोलनको अग्रभागमा पूर्वअध्यक्षहरु छन् ।

प्रतिक्रिया दिनुहोस्