Logo
Logo
कर्णालीको सत्ता राजनीति

कांग्रेसको चेतावनीपछि राजीनामा दिँदै मुख्यमन्त्री शाही



काठमाडौं । नेपाली कांग्रेसले राजीनामा दिएर सत्ता हस्तान्तरण नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिने भएका छन् ।

पूर्वसहमति अनुसार मुख्यमन्त्री शाही सत्ता हस्तान्तरण गर्न तयार नभएको भन्दै कांग्रेस कर्णालीले राजीनामा दिएर सत्ता हस्तान्तरण नगरे विश्वासको मत फिर्ता लिएर नयाँ प्रकृया अघि बढाउने चेतावी दिएको थियो ।

नेपाली कांग्रेसले विश्वासको मत फिर्ता लिए संकट निम्तने भएपछि मुख्यमन्त्री शाहीले राजीनामा दिने तयारी गरेको बुझिाएको छ । ‘वेटिङ चिफ मिनिस्टर’को रुपमा रहेका नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्रीले आजै राजीनामा दिने बताएका छन् ।

कांग्रेस र तत्कालीन एमालेका (माधव नेपाल समुह) सांसदले दिएको विश्वासको मतको आधारमा शाहीले मुख्यमन्त्रीमा निरन्तरता पाएका थिए । हाल समाजवादीमा रहेका अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही संवैधानिक व्यवस्थाअनुसार आज मन्त्रीबाट पदमुक्त हुँदैछन् । एमालेले कारवाही गरेपछि उनीहरू गैरसांसदका रूपमा मन्त्री बनेका थिए ।

मुख्यमन्त्री शाहीले राजीनामा दिएपछि कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री हुनेछन् । गत बैशाखमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिएका थिए । एमालेले अविश्वासको प्रस्ताव दर्ता गरेपछि सरकार जोगाउनका लागि भएको आन्तरिक सहमतिअनुसार उनले सत्ता हस्तानान्तरण गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्