Logo
Logo

आईसीसी टी-२० विश्वकपमा इंग्ल्यान्डको चौथो जित



काठमाडौं । इंग्ल्यान्डले आईसीसी टी-२० विश्वकप क्रिकेटमा चौथो जित हासिल गरेको छ । सोमबार राति यूएईको सारजाहमा भएको खेलमा जोस बटलरको शतकमा इंग्ल्याण्डले श्रीलंकालाई २६ रनले पराजित गरेको हो ।

इंग्ल्यान्डले दिएको १६४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभरमा अलआउट हुँदै १३७ रन मात्र बनाउन सफल भयो । श्रीलंकाका लागि वाविन्दु हसरंगा डी सिल्भाले सर्वाधिक ३४ रन बनाए । कप्तान दासुन शनका र भानुका राजपाक्षेले समान २६ रन जोडे ।

इंग्ल्यान्डका आदील राशिद, मोइन अली र क्रिस जोर्डनले दुईरदुई विकेट लिए । लियम लिभिङस्टोन र क्रिस वोक्सले एकरएक विकेट लिए ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा चार विकेट गुमाएर १६३ रन बनाएको थियो ।१० ओभरमा तीन विकेट गुमाएर ४७ रन मात्रै जोडेको इंग्ल्याण्डले बाँकी १० ओभरमा ११६ रन बनाएको थियो ।

इंग्ल्यान्डका लागि ओपनर जोस बट्लरले अविजित रहँदै १०१ रन बनाए । जारी विश्वकपमा शतक बनाउने पहिलो खेलाडी समेत बनेका बटलरले ६७ बल खेल्दै ६ चौका र ६ छक्का प्रहार गरे । यस्तै कप्तान इयान मोर्गनले ४० रन बनाए ।

सुपर १२ मा चार जितपछि इंगल्याण्डको सेमिफाइनलमा स्थानसमेत लगभग पक्का भएको छ । चार खेलबाट इंग्ल्याण्डको ८ अंक छ । यो समूहमा तीन खेल खेलेको दक्षिण अफ्रिका ४ अंकसहित दोस्रो स्थानमा छ ।चौथो विकेटका लागि बटलर र मोर्गनले ११२ रनको साझेदारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्