Logo
Logo

दिपक जीएम एकीकृत समाजवादी बाँकेको अध्यक्षमा बन्दै



बाँके । नेकपा (एकीकृत समाजवादी) बाँके अध्यक्षको जिम्मेवारी दिपक जीएमले पाउने भएका छन् । नेकपा एमालेबाट विभाजित भक्ष् बनेको नेकपा एकीकृत समाजवादीले नेतृत्व युवामा हस्तान्त्रण गर्ने योजनाअनुसार बाँके जिल्ला अध्यक्षको जिम्मेवारी नेता जीएमलाई दिन लागेको हो ।

केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध अग्रमोर्चामा रहेर सक्रिय भूमिका खेलेका जीएम अहिले युवा संघ नेपालका महासचिव समेत हुन् । तत्कालीन नेकपा हुँदा ओलीले प्रतिगमनतर्फ देशलाई धकेलेको आरोप लगाइरहेका प्रचण्ड–नेपाल समूहबाट उनी सक्रिय रुपमा आन्दोलनमा सरिक थिए ।

२०६२ सालमा प्रायु संघ क्षेत्रिय कमिटी सदस्य हुँदै २०६३ मा प्ररायु संघ बाँके जिल्ला अध्यक्ष बनेका उनी २०६५ संघ पुनः जिल्ला अध्यक्षमा दोहोरिएका थिए ।

२०६६ मा नेकपा एमालेको बाँके जिल्ला कमिटी सदस्यमा निर्वाचित उनी सोही वर्ष युवा संघको केन्द्रीय सदस्य बनेका थिए । २०६९ युवा संघ नेपाल केन्द्रीय सचिवालय सदस्य बनेका उनी २०७० मा पुनः नेकपा एमाले बाँके जिल्ला कमिटीमा निर्वाचित भएका थिए ।

२०७१ नेकपा एमाले ९औं महाधिवेशनमा प्रतिनिधि निर्वाचित भएका उनी युवा संघ नेपालको केन्द्रीय सचिव हुँदै अहिले एकीकृत समाजवादी निकट युवा संघको केन्द्रीय महासचिवको जिम्मेवारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्