Logo
Logo

प्रस्तावित तीन राजदूतको संसदीय सुनुवाइ प्रकृया प्रारम्भ


1.5k
Shares

काठमाडौं । सरकारले भारत, बेलायत र अमेरिकाका लागि राजदूतमा सिफारिस गरेका तीन जनाको संसदीय सुनुवाइ प्रक्रिया आजबाट सुरू भएको छ।

बेलायतका लागि ज्ञानचन्द्र आचार्य, भारतका लागि शंकरप्रसाद शर्मा र अमेरिकाका लागि श्रीधर खत्रीलाई सरकारले कात्तिक ११ को मन्त्रिपरिषदबाट राजदूत सिफारिस गरेको थियो । तीन देशका लागि राजदूत सिफारिस गरिएको जानकारी संसद सचिवालयलाई कात्तिक १२ गने दिइएको हो । जानकारी पाएको केही दिनपछि सचिवालयले प्रकृया थालेको हो ।

संघीय संसद सचिवालयले बुधबार सूचना प्रकाशित गर्दै राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरिएहरु राजदूतमा पदमा नियुक्त गर्न उपर्युक्त छैन भन्ने लागेमा स्पष्ट आधार र प्रमाणसहित कात्तिक २६ गतेभित्र संसदीय सुनुवाइ समितिको कार्यालयमा उजुरी दिन सचिवालयले आह्वामन गरेहको छ ।

प्रस्तावित राजदूतहरूविरूद्ध उजुरी आएपछि त्यो अध्ययन गरेर संसदीय सुनुवाइ समितिले अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने गर्छ।

प्रतिक्रिया दिनुहोस्