Logo
Logo

रियाद विमानस्थलमा आक्रमणको घटनाप्रति नेपालको भर्त्सना


0
Shares

काठमाडौं । नेपालले साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा हालै भएको आक्रमणको भर्त्सना गरेको छ ।

The current image has no alternative text. The file name is: Pararastra.gif

परराष्ट्र मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त घटनाको भर्त्सना गरेको हो । “रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा हालै भएको आक्रमणबाट धेरैको ज्यान गएको र धेरै घाइते भएको घटनाप्रति नेपाल सरकार घोर भर्त्सना गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दै सबै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

“कुनै पनि बहानामा नागरिक र सार्वजनिक पूर्वाधारहरूलाई निशाना बनाउनु हुँदैन । नेपाल सबै सम्बन्धित पक्षलाई संयमता अपनाउन तथा विवाद र द्वन्द्वको शान्तिपूर्ण समाधानका उपायहरू अवलम्बन गर्न आग्रह गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा नेपालले साउदी सरकार र जनताप्रति ऐक्यबद्धता व्यक्त गरेको छ

प्रतिक्रिया दिनुहोस्