Logo
Logo

कांग्रेस निकट कानुन व्यवसायीको संगठन चोलेन्द्रको बचाउमा



डीएलएका अध्यक्ष योगेन्द्रबहादुर अधिकारी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको विरोधमा सिंगो न्याय क्षेत्र आन्दोलित भएको बेला नेपाली कांग्रेस निकट कानुन व्यवसायीको संगठन डेमोक्रेटिक लयर्स एशोशिएसन (डीलए) भने बचाउमा लागेको छ ।

डीएलएका अध्यक्ष योगेन्द्रबहादुर अधिकारी र महासचिव लक्ष्मी रावलले विज्ञप्ति जारी गरी प्रधानन्यायाधीशको बचाउ गरेका हुन् ।

अध्यक्ष र महाचिवले विज्ञप्तिमार्फत जबराको बचाउ परेपछि डीएल भित्र चर्को विरोध भएको छ । अध्यक्ष र महासचिवले प्रधानन्यायाधीशसँग अस्वभाविक मिलेमतोको आधारमा विज्ञप्ति जारी गरेको भन्दै विरोध भएको हो ।

डीएलएका अन्य पदाधिकारी, केन्द्रीय सदस्य वरिष्ठ अधिवक्ताहरु राणाविरुद्ध आन्दोलनमा रहेका बेला संगठन नै विभाजित हुनेगरी अध्यक्ष र महासचिवले संगठनमा सल्लाह नै नगरी विज्ञप्ति निकालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्