Logo
Logo

आरआर क्याम्पसमा नेपाल भाषा अध्यापन हुने



काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर कलेज)को एम.ए. तहमा नेपाल भाषा अध्यापन हुने भएको छ ।

नेवाः विद्यार्थी युनियनको पहलमा काठमाडौं महानगरपालिका र आरआरबीच नेपाल भाषा अध्यापन गराउने सहमति भएकाे हाे । महानगरले नेपाल भाषा अध्यापनमा सहयाेग गर्ने भएपछि आरआर क्याम्पसले यसै शैक्षिकशत्रदेखि स्नातकोत्तर तहको प्रथम सेमेस्टरमा भर्नाका लागि आह्वान गरिसकेकाे छ ।

नेपाल भाषाका प्राध्यापक डा. चन्द्रमान बज्राचार्य नेपाल भाषा अध्ययन गर्न चाहने विद्यार्थीलाई भर्ना हुन आह्वान गर्दै विद्यार्थी संख्या बढाउन भूमिका खेल्न भाषासेवीहरुसँग आग्रह गरेका छन् ।

नेपाल भाषा अध्ययन गर्न चाहने विद्यार्थीले २०७८ कत्तिक २२ गतेसम्म आवेदन फारम भर्न पाउँनेछन् । विद्यार्थीले मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालयको वेवसाइटमार्फत आवेदन फाराम भर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्