Logo
Logo

हवाई भाडादरमा वृद्धि : कुन ठाउँमा जाँदा कति भाडा तिर्नुपर्छ ?



काठमाडौं । वायुसेवा सञ्चालक संघले हवाई भाडामा वृद्धि भएको जानकारी दिएको छ । संघका अनुसार आन्तरिक उडानतर्फ हवाई भाडा वृद्धि भएको हो ।

बुधबार एक सूचना जारी गर्दै संघले हवाई इन्धनमा खर्च (फ्यूल सजचार्ज) बढ्दा हवाई भाडा पनि बढेको जनाएको छ ।

संघले जारी गरेको सूचनामा उल्लेख भएको नयाँ भाडादरका अनुसार आन्तरिक उडानतर्फ न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ४४० रुपैयाँसम्म भाडा बढेको उल्लेख गरिएको छ ।

संघले काठमाडौं–धनगढी हवाई भाडा सबैभन्दा बढी ४४० रुपैयाँ बढेको छ । यो रुटमा यसअघि फ्युल सजचार्ज ३८ सय रुपैयाँ रहेकोमा पछिल्लो पटक चार हजार २४० रुपैयाँ पुगेको छ ।

पछिल्लो समय आयल निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्याससँगै हवाई इन्धनको समेत मूल्य वृद्धि गरेसँगै हवाई भाडा समेत बढाउनु परेको संघले बताएको छ ।

सार्वजनिक नयाँ भाडा दरलाई नेपाल नागरिक उड्ययन प्राधिकरणले गत मंगलबार स्वीकृत गरेसँगै संघले आज सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्