Logo
Logo

बाबुरामका नेताहरु नेकपा प्रबेश गर्दै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ बैशाख ।

पार्टी एकतालाई लिएर तत्कालिन नयाँ शक्ति पार्टीका विवाद बढेको छ । विवादपछि केही नेताहरु नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेश गर्ने भएका छन् ।
नेकपाका अध्यक्ष प्रचण्डले बुधबार सो पार्टीका केही नेताहरुलाई नेकपामा प्रवेश गराउन लागेका छन् ।


डा. बाबुराम भट्टराइले नयाँ शक्तिलाई उपेन्द्र यादवको संघीय समाजवादी फोरममा बिलय गराएपछि नयाँ शक्ति पार्टी नेपालका असन्तुष्ट नेताहरुले छुटै भेला गरेका छन् । फोरमसँगको एकताबाट रुष्ट भएका नयाँ शक्तिका नेताले वुधबार बिहान ललितपुरमा बेग्लै भेला गरेका हुन् ।
ललितपुरमा भएको भेलामा नेता देवेन्द्र पराजुली, कल्पना धमला, रामरिझन यादव, मदन राईलगायत प्रभावशाली नेता सहभागी थिए ।
पार्टीको निर्णय बिरुद्ध फोरमसँग बाबुरामले नयाँ शक्ति बिलय गराएको भन्दै भट्टराईप्रति उनीहरुले आक्रोश व्यक्त गरेका छन् । एक नेताले भने ‘बाबुरामले गम्भिर धोका दिएर केही आसेपासेलाई लिएर उपेन्द्रको पार्टीमा आत्मासमर्पाण गर्न पुगेका छन्, उनले कुनै दिन आत्माआलोचना गर्ने दिन आउँछ ।’
नेता देवेन्द्र पराजुलीले भने, ‘एक नेताको ईच्छा जे लाग्यो, त्यहीं हुन्छ ?’ भेलामा सहभागी नेताले आफूहरु फोरमसँगको एकता बनेको पार्टीमा नभएको बताएका छन् । ‘अब हामी फरक तरिकाले अघि बढ्छौं’ उनले भने ।
‘हिजो नयाँ बनाउने भन्दै हिँडेका हौं । के कति नयाँ भयो हेर्नु पर्ने अवस्था आएको छ,’ पराजुलीले भने, ‘५ ‘स’को एजेण्डा कहाँ पुग्यो ? किन छोडियो ? यसमा प्रर्याप्त बहस तथा छलफल नै नगरी पार्टी एकता गर्नु राम्रो थिएन ।
एकता गर्ने नाममा बाबुरामले पार्टी बिलय गराएको, झण्डा, चुनाव चिह्न र नाम पनि उपेन्द्रकै पार्टीको भएपछि यसलाई एकता नभएर आमसमर्पण भन्नु पन उनीहरुको तर्क छ ।
उनीहरुलाई डा भट्टराईले फकाउने प्रयास गरिरहेका छन् । तर, उनीहरु नयाँ शक्तिकै नाममा राजनीति गर्ने तयारीमा छन् केही भने नेकपा प्रबेश गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्