Logo
Logo

प्रचण्डको दुखेसो- ‘गुण्डाहरुले पनि हेप्ने दिन आयो’



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्र अवसरवादीहरु हावी हुँदा गुण्डाहरुले पनि हेप्ने दिन आएको दुखेसो पोखेका छन् ।

नेकपा माओवादी केन्द्र थिमि भक्तपुरले तिहार तथा नेपाल संवतको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीमा अवसरवादीहरु हावी हुँदा माओवादीलाई काम न काजका गुण्डाहरुले पनि हेप्ने दिन आएको बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने– ‘शान्ति प्रकृयामा आएपछि पार्टीमा विकृति भित्रियो । हाम्रा कमरेडहरु पनि अरु जस्तै विग्रहन थाले । यस्तो अवस्थामा पार्टीमा फुट जस्ता घटनाहरु भएर कजोर हुँदा काम न काजका गुण्डाहरुले पनि हेप्ने दिन आयो । अब त्यस्तो हुँदैन ।’

पार्टीलाई बिगारेर क्रान्ति गर्छु भन्दै बाहिरिएकाहरुको अवस्था पनि देखियो भन्दै अध्यक्ष प्रचण्डले अब फेरि जनताको साथ लिएर देश र जनताको पक्षमा काम गर्ने प्रतिवद्धतासमेत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्