Logo
Logo

एकीकृत समाजवादीले पार्टी एकता प्रकृया थाल्ने, तीन सदस्यीय वार्ता टोली गठन



काठमाडौं । नेकपा एमाले विभाजन भएर भर्खरै गठन भएको नेकपा एकीकृत समाजवादीले पार्टीका लागि वार्ता गर्न ३ सदस्यीय वार्ता टोली गठन गरेको छ ।

पार्टीमा आउन चाहने व्यक्ति तथा एकता गर्न चाहने राजनीतिक दलसँग वार्ता गर्नका लागि एकीकृत समाजवादीले वार्ता टोली गठन गरेको हो ।

बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले महासचिव बेदुराम भुसालको नेतृत्वमा उपमहासचिवद्वय गंगालाल तुलाधर र विजयकुमार पौडेल सदस्य रहेको वार्ता टोली गठन गरेको हो ।

वार्ता टोलीले वार्तासम्बन्धी प्रस्ताव तयार पारेर पार्टी सचिवालयमार्फत अनुमानेदान गराई वार्ता प्रकृया अघि बढाउने भएको छ ।

पार्टी विभाजनको क्रममा नेकपा एमालेमै रहने निष्कर्षमा पुगेका नेताहरु पछिल्लो समय एमाले परित्याग गर्ने तयारीमा रहेका कारण उनीहरुसँग वार्ता गर्ने योजनासहित एकीकृत समाजवादीले वार्ता समिति गठन गरेको बुझिएको छ ।

त्यसैगरी, नेकपा माओवादीसँग सम्भावित एकताबारे पनि उक्त टोलीले छलफल गर्नसक्ने एकीकृत समाजवादीका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्