Logo
Logo

एकीकृत समाजवादीले विभिन्न विभागहरूलाई पूर्णता दियो, कुन विभागमा को ?



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झालनाथ खनालले विदेश विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।

एकीकृत समाजवादी गठन गरेको विदेश विभागमा ११ जना जदस्य रहेका छन् । उक्त विभागको उपप्रमुखको रुपमा प्रमेश हमालले जिम्मेजारी पाएका छन् ।

डा. विजय पौडेल, मञ्जु यादव, मिलन तुलाधर, वाइपी सङ्ग्रौला, शङ्कर खतिवडा, मेटमणि चौधरी, लक्ष्मण पौडेल, सावित्रा भुसाल, श्रीनाथ बराल, शेरबहादुर कुँवर र हंशबहादुर शाही सदस्य रहेका छन् ।

महासचिव डा. वेदुराम भुसाल प्रमुख रहनुभएको सङ्गठन विभागले समेत पूर्णता पाएको छ । प्रकाश ज्वाला संगठन विभागको उपप्रमुख रहेका छन् । अशोक कोइराला र बलदेव चौधरीले सदस्यको जिम्मेवारी पाएका छन् ।

शिक्षा विभागको प्रमुखको जिम्मेवारी गङ्गालाल तुलाधर र उपप्रमुखको जिम्मेवारी लक्ष्मण केसीले पाएका छन् । कमला तुलाधर, डा चन्द्र ढकाल, डा उद्धव पोखरेल, गुणाखर गैर र सरोज खतिवडा उक्त विभागका सदस्य रहेका छन् ।

पार्टीले विपद् व्यवस्थापन विभाग पनि गठन गरेको छ । विभागमा नेता तुलाधर नै प्रमुख हुन् । सूर्यबहादुर थापा, आयाम पाण्डे, डा राजु थापा र विष्णु तिमिल्सना सदस्य छन् ।

गोविन्द कोइराला प्रमुख रहेको सहकारी विभागको उपप्रमुखमा टेकप्रसाद चौलागाईंले जिम्मेजारी पाएक छन् भने नवराज अर्याल, माधवप्रसाद जिसी, ओमप्रताप राणा, देवराज न्यौपाने र किरण मोक्तान सदस्य रहेका छन् ।

बुधबार सम्पन्न केन्द्रीय सचिवालयको बैठकबारे आज जानकारी दिँदै एकीकृत समाजवादीले वर्तमान सरकारका कामलाई अझै प्रभावकारी बनाउन गठबन्धनमा छलफल गर्ने निर्णय गरेको छ ।

पार्टीबाट सरकारमा पठाइएका मन्त्री तथा मुख्यमन्त्रीले पार्टीको नीति र निर्देशन अनुसार प्रभावकारी काम गर्ने, मन्त्री तथा मुख्यमन्त्रीको सल्लाहकारको नियुक्ति गर्दा राजकीय मामिला विभागको सिफारिसका आधारमा केन्द्रीय सचिवालयले निर्णय गरेर मात्रै गर्नुपर्नेमा जोड दिइएको छ ।

एकीकृत समाजवादीले यही कात्तिक २७ र २८ गते काठमाडौँमा केन्द्रीय कमिटीको दोस्रो बैठक बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्