Logo
Logo

एसएसपी सुवेदीले सम्हाले काठमाडौं परिसरको कमाण्ड, पुलिसिङमा होला परिवर्तन ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ बैशाख ।
एसएसपी उत्तमराज सुवेदीले बुधबारदेखि काठमाडौं प्रहरीको कमाण्ड सम्हालेका छन् । सोमबारको सरुवा अनुसार एसएसपी बसन्त लामाले बुधबारदेखि परिसरबाट बिदा लिएका छन् ।


एसएसपी सुवेदी नागरिक पुलिसिङ र अपराध अनुसन्धान दुवैमा अब्बल अधिकृत मानिन्छन् । यसअघि धनुषामा हुँदा उनले सशस्त्र समूहका गतिविधि ध्वस्त बनाउनुका साथै जनकपुर बम काण्डमा पूर्व मन्त्री संजय टक्लालाई पक्राउ गरेका थिए ।
सर्लाहीमा हुँदा पनि उनको प्रशंसा भएको थियो । बुटवल तालिम केन्द्रमा पनि ट्रेनिङमा नयाँपन ल्याएका थिए । पछिल्लो समय केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारीसँगै समुदाय–प्रहरी साझेदारी कार्यक्रम लागू गराउन उनी सक्रिय थिए ।
काठमाडौं परिसरमा सुवेदीको सरुवालाई ‘राइट म्यान, राइट प्लेस’ भनिएको छ । उनी नागरिकसँग घुलमिल भएर काम गर्न रुचाउँछन् । त्यसकारण उनले काठमाडौंको पुलिसिङमा व्यापक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।
पछिल्ला केही वर्ष क्षमता भन्दा पनि नेताहरुको सिफारिसमा आधारमा काठमाडौं परिसरमा एसएसपीको सरुवा भएको थियो । जसकारण काठमाडौंको पुलिसिङ खस्किएको प्रहरी अधिकारी नै बताउँछन् । सुवेदीले काठमाडौं प्रहरीको रुपमा प्रहरीको छवी माथि उठाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्