Logo
Logo

भ्याकुम लगाएर एमाले बढार्ने सपना नदेखे हुन्छ : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा दुनियाँको कुनै पनि शक्तिले सिध्याउन नसक्ने बताएका छन् । लाखौं नेता कार्यकर्ताको बलमा स्थापित भएको पार्टी भएकाले कसैले सिध्याउन खोजे पनि त्यो सम्भव नरहेको ओलीको भनाइ रहेको छ ।

बिहीबार ‘गन्तव्य मध्यपुर थिमी’ पुस्तक विमोचन कार्यक्रमलाई भक्तपुरमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भ्याकुम लगाएर एमाले बढार्ने कसैले सापना देख्ने गरेको भए त्यास्तो सपना नदेख्न आग्रह गरे । सिंगै कांग्रेसले पनि एमालेसँग नसक्ने भन्दै एक दुई जनाले भन्दैमा एमालेलाई केहि फरक नपर्ने उनको भनाइ रहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफूलाई गणतन्त्र विरोधी भन्दै गरेको टिप्प्णीको जवाफ दिँदै प्रचण्डले गणतन्त्र भन्नुभन्दा आफूहले २५ वर्षअगाडि नै गणतन्त्रको अभियान चलाएको तार्क गरे ।

प्रतिक्रिया दिनुहोस्