Logo
Logo

नेपाल प्रहरीकी एसपीलाई राष्ट्रसंघिय अवार्ड




काठमाडौं । राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपाल प्रहरीका एसपी डा संज्ञा मल्लले राष्ट्रसंघबाट प्रतिष्ठित अवार्ड पाउने भएकी छिन् । कंगोमा कार्यरत उनलाई ११ औं संयुक्त राष्ट्रसंघीय महिला प्रहरी अधिकृत अवार्ड २०२१ प्रदान गर्ने निर्णय भएको हो ।


अनपोल चिफ अफ हेल्थ एण्ड इन्भाईरोमेन्ट यूनिट किन्सासामा हाल कार्यरत प्रहरी उपरीक्षक डा. मल्ललाई उक्त अवार्ड प्रदान गर्ने घोषणा गरिएको संयुक्त राष्ट्रसंघ प्रधान कार्यालयले जनाएको छ । उक्त अवार्ड संयुक्त राष्ट्रसंघीय प्रहरी सप्ताह २०२१ का अवसरमा ९ नोभेम्बर (कात्तिक २३ गते) प्रदान हुने भएको छ ।


प्रहरी उपरीक्षक डा. मल्लले सो मिसनमा कार्यरत रहेदेखि कोभिड–१९ को महामारीको बेला स्वास्थ्य र वातावरण क्षेत्रमा सुम्पिएको जिम्मेवारी गतिशील भई नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी छिन् । महामारीमा मिसनमा कार्यरत अनपोल कर्मचारीहरूलाई काउन्सिलिङ गर्न समर्पित भई गरेको कामको मूल्याङकन गरी राष्ट्रसंघले सो अवार्ड प्रदान गरेको हो । वातावरण संरक्षणमा अनपोलको वातावरण यूनिटसँग संयुक्त योजना निर्माण गरी काम गर्नुका साथै इबोला भाइरस फैलनबाट रोक्न तथा गोमामा भएको ज्वालामूखी विष्फोटमा अनपोल कर्मचारीहरूलाई सहयोग गर्न उनको योगदान प्रशंसनीय रहेको संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्