Logo
Logo

तीन जिल्लाका प्रहरी प्रमुख फेरिए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ बैशाख ।
प्रहरी प्रधान कार्यालयले धमाधम काज सरुवा थालेको छ । जसमा विभिन्न जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।
संखुवासभाको प्रमुखमा डिएसपी मिमबहादुर लामालाई पठाइएको छ । त्यहाँ कार्यरत श्याम सारुमगरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ ।


त्यस्तै रसुवामा भागेन्द्र पुरुष ढकालको सरुवा भएको छ भने रसुवाका सन्तोष तामाङको काठमाडौं परिसरमा सरुवा गरिएको छ । काठमाडौं परिसरका मोहन थापाको प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।
त्यस्तै केही दिनअघि बर्दियाका एसपी हेरफेर गरिएको थियो । बर्दियामा कार्यरत सुरेन्द्र मैनालीलाई सरुवा गरेर राजेश बास्तोलालाई पठाइएको छ । अन्य दुई दर्जन जिल्लाका एसपी पनि हेरफेर गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्