Logo
Logo

हिरासत छल्न कांग्रेस नेता अस्पताल भर्ना




काठमाडौं । लक्ष्मीपूजाका दिन जुवाखालबाट पक्राउ परेका नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा हिरासत छल्न बिरामी भएको नाटक गरी अस्पताल भर्ना भएका छन्। जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उनी भर्ना भएका हुन् ।


अस्पतालको आरामदायी कक्षमा बसेर उनले छुट्न पहल गरिरहेका छन् । उनलाई भेट्न नेकपा एमालेका नेता पार्वत गुरुङ समेत अस्पतालमा पुगेका छन् ।


नयाँबस्ती, ओलाङचुङगोला गुम्बा अगाडि सागर लामाले कोठा भाडामा लिई कौडा खेल्न लगाएको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो । छापा मार्ने क्रममा कांग्रेस दोलखाका सभापति लामासहित १८ जनालाई महानगरीय प्रहरी बृत्त बौद्धले पक्राउ गरेको थियो । प्रहरीले जुवा अखाडाबाट ६ लाख ३२ हजार ५ सय रुपैयाँ समेत बरामद गरेको थियो ।
उनलाई छुटाउन प्रहरीमाथि दबाब परेको छ । तर उनी एक्लैलाई छाड्दा समस्या हुने भएपछि छिटो मुद्दा बुझाएर छाड्ने तयारी भइरहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्