Logo
Logo

प्रधानमन्त्री ओली भियतनाम प्रस्थान


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ बैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओली मन्त्री भियतनाम र कम्बोडिया भ्रमणमा निस्किएका छन् । नेपाल एयरलाइन्सको न्यारो बडी विमान चार्टड गरेर उनी भ्रमणमा गएका हुन् । उनको भ्रमण टोलीमा ४२ जना छन् ।

भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्रसचिव शंकरदास बैरागी दाहाल, परराष्ट्रका चिफ आफ प्रोटोकल गेहेन्द्र राजभण्डारी, पर्यटन सचिव मोहनकृष्ण सापकोटा, वाणिज्य तथा आपूर्ती सचिव केदारबहादुर अधिकारी, प्रधानमन्त्रीको प्रमुख सल्लाहकार विष्णु रिमाल र परराष्ट्र मामला सल्लाहकार राजन भट्टराई छन् ।

सांसदहरु नारायण खड्का, पवित्रा निरौला खरेल, उमाशंकर अरगरिया, बोधमाया कुमारी यादव तथा राष्ट्रिय योजना आयोगका सदस्य दिलबहादुर गुरुङ, निजी चिकित्सक डा.दिव्यासिंह शाह, निजी सहयोगी राजेश बज्राचार्य तथा कपिलवस्तु नगरपालिकाकी उपमेयर शिवकुमारी चौधरी र बनेपा नगरपालिकाकी उपमेयर रेखा सापकोटा दाहाल समेत भ्रमण दलमा छन् ।

प्रधानमन्त्री ओलीका निजी सुरक्षा सहयोगी राजेन्द्र शाही र अनिल बस्नेत तथा परराष्ट्रबाट सहसचिव तापस अधिकारी, इन्दिरा अर्याल, सुरेन्द्रकुमार यादव, रामबोल आचार्यसहित भ्रमण टोलीमा छन् । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राना, व्यवसायी दीपक मल्होत्रा, सुरज वैद्य र चन्द्रप्रसाद ढकाल समेत जाँदैछन् ।
बिहीबार १२ : ४०मा नेपाल वायुसेवाको चार्टड सेवाबाट हनोइतर्फ उडेका प्रधानमन्त्री ओली सुरुवातको चारदिन भियतनाम र त्यसपछिका ३ दिन कम्बोडियामा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्