Logo
Logo

ढाकाका कापडा कसरी उत्पादन गरिन्छ ? (तस्बिरहरु)



ताप्लेजुङ । प्रायःलिम्बू समूदायहरुले आफ्नो मौलिक भेषभूषाको रुपमा प्रयोग गर्दै आएकोमा पछिलो समय अन्य समुदाय पनि ढाकाको कपडा प्रति आकर्षण बढ्दै आएको छ ।

देशविदेशमा बसोबास गर्ने लिम्बु समुदायहरुले पनि ढाकाको कपडा माग गर्दै आएको छन् । ढाका कपडाको राम्रो बजार भएकाले ताप्लेजुङको गाउँगाउँका महिलाहरुले उद्योग दर्ता गरेर राम्रो आम्दानी लिँदै आएका छन् ।

कोट, सट, पछौरा, साडी, टोपी र कुर्तासुरुवाललगायतका ढाका कपडा परम्पराग तानबाट उत्पादन गरिन्छ । एकवटा साडी रु पाँच हजारदेखि २० हजारसम्ममा बिक्री हुने गरेको छ ।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका–७ दोखुस्थित सोनी ढाका उद्योगमा दस जना महिलाहरु दैनिक ज्यालादारीको रुपमा ढाकाको कपडा बुन्दै आएका छन् ।

तस्वीर : दिलकुमार लिम्बु /रासस

प्रतिक्रिया दिनुहोस्