Logo
Logo

भक्तपुरका किसानको गुनासो : चिनियाँ धानबाट भुसमात्रै आयो



भक्तपुर । भक्तपुरका किसानहरुले यस बर्ष धानको उत्पादन न्यून भएको भन्दै समस्यामा परेको गुनासो गरेका छन् ।

राष्ट्रिय कृषक समूह महासंघ नेपाल, जिल्ला कार्यसमिति भक्तपुरको आयोजना र चाँगुनारायण नगरपालिकाको सहआयोजनामा सोमबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा सहभागी भएका किसानहरुले चिनियाँ धान डीवाई २८, खुमल ८ लगाएतका धानको बिउ ल्याएर रोप्दा धानको उत्पादन न्युन भएको गुनासो गरेका हुन् ।

धान कै आन्दानीबाट बर्षभरि नै जिविकोपार्जन गर्नुपर्ने अवस्थामा धानबाट भुसमात्र आएपछि समस्यामा परेको उनीहरुको भनाइ छ । उनीहरुले सहकारी र बजारबाट ल्याएको डीवाई २८, खुमल ८ का बीउबाट उत्पादन नभएको बताएका छन् । हाइब्रिड धान लगाउँदा उत्पादन कम भएकाले अव सरोकारवालाले आफुहरुलाई राहत दिनुपर्ने उनीहरुले बताएका छन् ।

त्यस्तै चाँगुनारायण नगरपालिकाका मेयर सोम प्रसाद मिश्रले कृषि प्राविधिकले सिफारिस गरेका र परम्परागत रुपमा ल्याएको बिउहरु अनुपात्दक भएको गुनासो आएको र नगरपालिकाले अध्ययन गरेर केही राहत दिने बताए ।

यसअघि बर्षहरुमा धेरै फलेको धानमा यस बर्ष उत्पादन न्यून भएको किसानहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्