Logo
Logo

एआइजीमाथि छानबिन सकियो




काठमाडौं । नेपाल प्रहरी अस्पतालमा भएको सम्भावित अनियमितताबारे छानबिन सकिएको छ । एआइजी विश्वराज पोखरेल नेतृत्वको छानबिन समितिले अध्ययन गरेर प्रतिवेदन बुझाएको छ ।


अस्पतालकी प्रमुख एआइजी आशा सिंहले व्यापक अनियमितता गरेको उजुरी विभिन्न निकायमा परेपछि छानबिन थालिएको थियो । छानबिनको क्रममा साना तिना अनियमितता देखिएको तर ठूलो अनियमितता नभेटिएको स्रोत बताउँछ । एआइजी पोखरेल नेतृत्वको समितिले तिहारअघि नै प्रतिवेदन बुझाएको हो ।


महामारीको बेलामा अस्पतालमा कमिसनका लागि अनावश्यक सामान खरिद गरेपछि एआइजी सिंह विवादमा तानिएकी थिइन् । उनको नेतृत्वमा अस्पतालमा अनियमितता बढेको भन्दै अस्पतालभित्रै उनीविरुद्ध कर्मचारीहरु असन्तुष्ट छन् ।

प्रतिक्रिया दिनुहोस्